aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आईपीओ निष्काशन गर्न आत्मनिर्भर लघुवित्तले पायो बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ पुस २०७९
आईपीओ निष्काशन गर्न आत्मनिर्भर लघुवित्तले पायो बोर्डको अनुमति

काठमाडौं ।  आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरका २ लाख ३ हजार ३८० कित्ता आईपीओ निष्कासनका लागि पुस १७ गते बोर्डबाट अनुमति पाएको हो । 

हाल संस्थापक तर्फ रू. ४ करोड २० लाख चुक्तापूँजी रहेको कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेपछि चुक्तापूँजी रू. ६ करोड २३ लाख ३८ हजार पुग्नेछ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस