aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रिमियममा आईपीओ जारी गर्ने प्रस्तावसहित सिटिजन लाइफले बोलायो  साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ पुस २०७९
प्रिमियममा आईपीओ जारी गर्ने प्रस्तावसहित सिटिजन लाइफले बोलायो  साधारण सभा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ १५ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । पुस १७ गतेको सञ्चालक समितिको बैठकले अलोफ्ट काठमाण्डू ठमेल, छाँयादेवी कम्प्लेक्स, काठमाडौंमा अपरान्ह ५ बजे सभा गर्ने निर्णय गरेको हो ।  

सभाले अघिल्लो आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धार्णको विषय टुङ्ग्याउनेछ । नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने विषय पनि सभामार्फत पारित गर्नेछ ।  

सञ्चालक नियुक्ती अनुमोदन र स्वतन्त्र सञ्चालक नियुक्तीको विषय समेत सभाले स्वीकृति दिनेछ । हाल यस कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीले रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ । कम्पनीले पूँजीबृद्धिका लागि संस्थापकतर्फबाट ५० प्रतिशत पूँजी थप गरेको छ ।  

प्रतिक्रिया दिनुहोस