
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । पुस २४ गते अपरान्ह बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कुल ७ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्र्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब २८ करोड ९७ लाख ११ हजारको आधारमा ६ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस वर्ष कम्पनीले गत वर्षकोभन्दा कम लाभांश दिन लागेको हो । गत वर्ष अघिल्लो वर्षको मुनाफाबाट कम्पनीले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस वर्षको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरणयोग्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस