
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले पुस २५ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाका लागि आईपीओ बाँडफाँट गर्दा नपरेको शेयर वापतको रकम फिर्ता गर्न सुरु गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा पुस २० गते आईपीओ बाँडफाँट गरेको थियो ।
संकलन केन्द्रबाट दरखास्त फारम बुझाएका लगानीकर्ताको बाँडफाँटमा नपरेको शेयर वापतको रकम सम्बन्धित लगानीकर्ताले उल्लेख गरेको बैंक खातामै रकमान्तर गर्न सुरु गरिएको हो । यसर्थ आफ्नो रकम बैंक खातामा जम्मा भए नभएको एकिन गर्न कम्पनीले आग्रह गरेको छ ।
यदि रकम फिर्ता भुक्तानी नभएको पाइएमा बैंक खाता नम्बर सहित निष्कासन तथा विक्री प्रबन्धकको कार्यालयमा सम्पर्क राख्न समेत कम्पनीले आग्रह गरेको छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस