aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

युनाईटेड इदी मर्दीले वितरण गर्याे नगद लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ पुस २०७९
युनाईटेड इदी मर्दीले वितरण गर्याे नगद लाभांश

काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले गत वर्षको नगद लाभांंश वितरण गर्न सुरु गरेको छ । कम्पनीको मंसिर २८ गते सम्पन्न १३औं वार्षिक साधारण सभाले कुल १० दशमलव ५३ प्रतिशत कर समेत लाभांश पारित गरेको थियो ।

लाभांश पुस १८ गतेदखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गर्न सुरु गरिएको हो । कम्पनीले साधारण सभा प्रयोजनका लागिे मंसिर १६ गते एक दिन बुक क्लोज गरेकाले मंसिर १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको नगद लाभांश प्राप्त गरेका छन् ।

बुक क्लोजको दिनसम्म धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा भने नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अबजेक्सन लेटर प्राप्त भएपछि मात्र बैक खातामा जम्मा गरिने कम्पनीको भनाई छ ।

यदि मंसिर १६ गतेपश्चत कर्जा चुक्ता भैसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र पेश गरेपछि मात्र नगद लाभांश जम्मा गरिने कम्पनीको भनाई छ । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस