aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिङ्गल चार्जमा ६२५ किमी यात्रा गर्न सकिने बीएमडब्लुको विद्युतीय कार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ पुस २०७९
सिङ्गल चार्जमा ६२५ किमी यात्रा गर्न सकिने बीएमडब्लुको विद्युतीय कार

एजेन्सी। बीएमडब्लु इन्डियाले नयाँ वर्षमा उत्कृष्ट सुरुवात गर्दै शनिवार भारतीय बजारमा सातौँ पुस्ताका दुई वटा कार ल्याएको छ । यसमा फ्ल्यागशिप लक्जरी सेडान ७ सिरिज र  नयाँ  बीएमडब्लु आइ ७ विद्युतीय गाडी समावेश छ।

बीएमडब्लु ७ सिरिज ७४० आई एम स्पोर्ट भेरियन्टको एक्स-शोरूम मूल्य रु. १.७० करोड भारु र  बीएमडब्लु आई ७ को एक्स-शोरूम रु. १.६५ करोड भारु बाट सुरु हुन्छ। दुवै मोडलको बुकिङ आइतबारबाट भारतीय बजारमा सुरु भएको छ भने डेलिभरी मार्च २०२३ देखि सुरु हुनेछ।

७ शृङ्खला स्थानीय रूपमा चेन्नईको  बीएमडब्लु समूह प्लान्टमा निर्माण गरिनेछ। जबकि  बीएमडब्लु आई ७ लाई पूर्ण निर्मित इकाईको रूपमा भारतमा आयात गरिनेछ। दुवै कार सीएलएआर प्लेटफर्ममा आधारित छन्। 

हालको मोडलको तुलनामा डिजाइनमा ठुलो परिवर्तन गरिएको छ । नयाँ मोडलमा ठुलो नयाँ किड्नी ग्रिन, नयाँ एलोय ह्वील, स्प्लिट एलईडी हेडल्याम्प र एलईडी टेललाइटको साथ बोल्ड लुक छ। मोडल फ्ल्याट बोनेट र शार्प शोल्डर-लाइनको साथ आउँछ।

नयाँ गाडीको क्याबिन भित्री भागमा परिवर्तन गरिएको छ। लाइभ ककपिट प्लस डुअल स्क्रिन सेटअपको साथ ड्यासबोर्डमा उपलब्ध छ। यसमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र १४.९ इन्चको इन्फोटेनमेन्ट सिस्टम छ। यस मोडेलमा रहेको ड्यासबोर्डमा भेन्टिलेसन र क्लाइमेट कन्ट्रोलका लागि टच क्यापेसिटिभ कन्ट्रोलसहितको पट्टी रहेको छ।

सातौँ पुस्ताका कारहरूले अटेन्सन असिस्टेन्स, डाइनामिक स्टेबिलिटी कन्ट्रोल (डीएससी) लगायत कर्नरिङ ब्रेक कन्ट्रोल (सीबीसी), अटो हिल होल्डसहितको इलेक्ट्रिक पार्किङ ब्रेक जस्ता सुविधाहरू पाउँछन्।

यो कारलाई भारतमा दुई वटा विद्युतीय मोटर रहेको उत्कृष्ट एक्स-ड्राइभ ६० भेरियन्टमा प्रस्तुत गरिएको छ । यो मोटरले ५३६.४ बीएचपी र ७४५ एनएम पीक टर्क जेनेरेट गर्छ। यसको इलेक्ट्रिक भेरियन्टले शून्यबाट १०० किलोमिटरको गति समात्न जम्मा ४.७ सेकेन्ड मात्र लगाउँछ। यो कार २४० किलोमिटर प्रतिघन्टाको गतिमा दौडन सक्छ। 

आइ ७ एक १०१.७ किलोवाट ब्याट्रीद्वारा सञ्चालित छ जसले एक पटकको पूर्ण चार्जमा ६२५ किमी सम्मको यात्रा गर्दछ। यसको ब्याट्रीमा ८ वर्षको ग्यारेण्टी दिइएको छ। भारतीय बजारमा यसले मर्सिडिज बेन्ज इक्यूएस, अडी आरएस ई–ट्रोन जीटी, पोर्श टायकानसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतिक्रिया दिनुहोस