aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

१२ निर्जीवन बीमा कम्पनीहरुले गरे लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ पुस २०७९
१२ निर्जीवन बीमा कम्पनीहरुले गरे लाभांश प्रस्ताव

काठमाडौं । हालसम्म १२ वटा निर्जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेका हुन् ।

लाभांश घोषणा गरेका कम्पनीहरुमा प्रभु, प्रुडेन्सियल, लुम्बिनी जनरल, सगरमाथा, शिखर,नेको, एनएलजी, आइएमई जनरल इन्स्यारेन्स कम्पनी रहेका छन् । त्यस्तै, सिद्धार्थ, प्रिमियर, युनाइटेड र नेपाल इन्स्यारेन्स कम्पनीले पनि गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेका छन् । 

प्रभु इन्स्योरेन्स कम्पनीले ६.७ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद गरी कुल ७.०५ प्रतिशत लाभां दिने घोषणा गरेको छ । त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सले ६ं५ प्रतिशत बोनस र ०.३४२ प्रतितश नगद गरी कुल ६.८४२ प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्सले ७ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद गर कुल ७.३५ प्रतिशत लाभांश दिने भएको छ । 

त्यस्तै, सगरमाथा इन्स्योरेन्सले १२.५ प्रतिशत बोनस र ०.६५७९ प्रतिशत नगद गरी कुल १३.१५७९ प्रतिशत, शिखर इन्स्योरेन्सले १६ प्रतिशत बोनस र ०.८४२१ प्रतिशत नगद गरी कुल १६.८४२१ प्रतिशत, नेको इन्स्यारेन्सले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत, एनएलजी इन्स्योरेन्सले नगद र बोनस गरी १०.५३६३ प्रतिशत र आइएमई जनरल इन्स्यारेन्सले ६.३२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 

त्यस्तै, सिद्धार्थ कम्पनीले नगद र बोनस गरी ९.४७३७ प्रतिशत, प्रिमियर इन्स्यारेन्सको १५ प्रतिशत, युनाइटेडको ५.२६३२ प्रतिशत र नेपाल इन्स्यारेन्स कम्पनीले ८.४२११ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस