aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनआईसी एशिया लघुवित्तले पुस मसान्तभित्र साधारण सभा नगर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ पुस २०७९
एनआईसी एशिया लघुवित्तले पुस मसान्तभित्र साधारण सभा नगर्ने

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र वार्षिक साधारण सभा गर्न नसक्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को लेखापरिक्षक कार्य प्राविधिक कारणले ढिलाई भएकाले वार्षिक साधारण सभा पुस मसान्तभित्र गर्न असमर्थ रहेको जानकारी दिएको हो ।

कम्पनीले आगामी चैत मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न गर्ने लक्ष्य लिएको छ । कम्पनीले गत वर्ष भने मंसिर ५ गते वार्षिक साधारण सभा सम्पन्न गरेको थियो । गत वर्ष कम्पनीले कर समेत ५ दशमलव ४१ प्रतिशत लाभांश वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस