
काठमाडौ । नेपाल वेयरहाउजिङ कम्पनीले प्राथमिक शेयर आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड सेबोनमा आवेदन दिएको छ । कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न बोर्डमा आवदेन दिएको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । सेबोनेको स्वीकृतिपछि कम्पनीले स्थानीय र सर्वसाधारणमा आइपीओ जारी गर्नेछ ।
प्रतिक्रिया दिनुहोस