aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

प्रभुसँग यसकारण भाँडियो मर्जर, अजोड र युनाइटेडबीच यसरी मिल्यो कुरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ पुस २०७९
प्रभुसँग यसकारण भाँडियो मर्जर, अजोड र युनाइटेडबीच यसरी मिल्यो कुरा

काठमाडौैं । प्रभु इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीलाई जारी प्रक्रिया अन्त्य गरि युनाइटेड इन्स्योरेन्स कम्पनीसँग प्रारम्भिक सम्झौता गरेको छ । मंगलबार बीमा प्राधिकरणमा भएको छलफलपछि अजोड इन्स्योरेन्सले अर्को कम्पनीसँग मर्ज गर्ने सहमति गरेपछि प्रभुसँगको मर्जर तोड्न सहमति दिएको अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले आर्थिकन्युज डटकमलाई जानकारी दिए ।  दुवै कम्पनीका बीचमा भएको मर्जर भंग गर्ने सहमतिलाई नियामक निकाय प्राधिकरणले स्वीकृत गरेको हो ।

प्र्रभुसँग मर्ज गर्नका लागि १००ः७०को स्वप रेसियो तय गरिएको भएपनि ड्यूडेलेजेन्स अडिट(डिडिए)मा ६३ मात्र आएपछि अजोड इ्रन्स्योरेन्सले मर्ज गर्न नमानेका अध्यक्ष श्रेष्ठले बताए । उनले भने, सहमति भन्दा फरक स्वप रेसियो आएपछि हामी अर्को पार्टन खोज्न बाध्य भयौं । अर्को पार्टनर खोज्दै जाँदा युनाइटेड इन्स्योरेन्ससँग सहमति भएको समेत उनले बताए । 

उक्त दुई कम्पनीका बीचमा हिजो मंगलबार विहान भएको छलफलपछि मर्जर अन्त्य गर्ने सहमति भएको हो । दुवै कम्पनीका प्रतिनिधिहरु मर्जर प्रक्रिया अन्त्य गर्ने चिठ्ठी लिएर बीमा प्राधिकरणमा पुगेका थिए । बीमा प्राधिकरणले छलफल पश्चात मर्जर भाँडिएको औपचारिक चिठ्ठी दिएको हो । 

अजोड र युनाइटेड बिच यसरी मिल्यो कुरा  

प्रभु इन्स्योरेन्स कम्पनीसँग मर्जर सम्झौता भङ्ग गर्नुपर्ने अवस्थामा पुगेपछि अजोड इन्स्योरेन्स कम्पनीलाई अर्को समस्या पनि थपियो। त्यो हो, मर्जर तोड्न कुनै अर्कोसँग तुरुन्तै सम्झौता गर्ने पर्ने बीमा प्राधिकरणको निर्देशन। त्यसपछि चौधरी ग्रुपको बोलाबाला रहेको युनाइटेडसँग सुरु भएको छलफल मध्यरातमा निचोडमा पुग्यो। र, अन्ततः युनाइटेड इन्स्योरेन्स कम्पनीका अध्यक्ष रविभक्त श्रेष्ठ र अजोड इन्स्योरेन्स कम्पनीका अध्यक्ष आजाद श्रेष्ठको उपस्थितिमा मर्जर सम्झौता सम्पन्न भयो। 

रोचक त यो छ कि मंगलबार दिनको १ बजे मर्जर सम्झौता तोडिएको निष्कर्षमा पुगेको अजोडले राति १२ बजे युनाइटेडसँग मर्जर सम्झौता गरेको हो । यो मर्जर कसरी अघि बढाउने भन्ने विषयमा (आज) बुधवार हुँदै गरेको युनाइटेड इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभामा छलफल चलिरहेको सो कम्पनीका अध्यक्ष रविभक्त श्रेष्ठले जानकारी दिए। 

 

प्रतिक्रिया दिनुहोस