aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

माउन्टेन इनर्जी नेपालको १०.५३ प्रतिशत नगद लाभांश वितरण शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ पुस २०७९
माउन्टेन इनर्जी नेपालको १०.५३ प्रतिशत नगद लाभांश वितरण शुरु

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कर समेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पुस ८ गते सम्पन्न नवौं वार्षिक साधारण सभामार्फत पारित गरेको थियो । कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर २७ गते एक दिन बुक क्लोज गरेकाले मंसिर २६ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश जम्मा गरेको हो ।

पछिल्लो समय पूर्ण प्रविधिमैत्री धितोपत्र कारोबारमा रकम हस्तान्तरण बैंक खाता मार्फतनै हुदैं आएको छ । यसर्थ यस कम्पनीले पनि हालसम्म हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका सदस्यहरूलाई नगद लाभांश वितरण गरेको हो । हालसम्म बैंक खाता अद्यावधिक नगरेका सदस्यहरूको नगद लाभांश बैंक खाता अद्यावधिक पछि मात्र नगद लाभांश जम्मा गरिने भएकाले यथासिघ्र गराउँन समेत कम्पनीले अनुरोध गरेको छ । 

बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म अर्थात मंसिर २६ गतेसम्म धितो राखेका शेयरधनीहरूको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संइस्थाको स्वीकृति पत्र प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ । सो मिति पश्चात् कर्जा चुक्ता भुक्तान िगरेका सदस्यहरूको हकमा पनि सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने कम्पनीको भनाई छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस