aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

तारागाँउ होटल्स रिजेन्सीद्धारा लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ पुस २०७९
तारागाँउ होटल्स रिजेन्सीद्धारा लाभांश घोषणा

काठमाडौं । तारागाँउ होटल्स रिजेन्सीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ८.४२ प्रतिशतका दरले हुन आउने १५ करोड ८८ लाख ७६ हजार १२६ रुपैयाँ बराबरको करसहितको नगद लाभांश दिने घोषणा गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ रहेको छ । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस