aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

हिमालयन एभरेष्टले प्रस्ताव गर्याे लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ पुस २०७९
हिमालयन एभरेष्टले प्रस्ताव गर्याे लाभांश

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष ०७८/७९ को लागि लाभांश प्रस्ताव गरेको छ । पुस २६ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २३ करोड ९९ लाख ३६ हजार ७०० रहेको छ । कम्पनीले साविक हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको गत वर्षसम्मको नाफा नोक्सान हिसाबमा बाँडफाँटका लागि उपलब्ध रकमबाट मर्जर पछिको चुक्तापूँजीका आधारमा लाभांश वितरण गर्न लागेको हो । 

साविक हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जर भई गत साउन १ गतेदेखि एकिकृत कारोबार सुरु गरेका थिए । कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो लाभांश नेपाली बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

मर्जर हुनु अघि गत वर्ष हिमालयन जनरल इन्स्योरेन्सले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यस्तै एभरेष्ट इन्स्योरेन्सले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३२ प्रतिशत नगद लाभांश दिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस