
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले ७५ प्रतिशत हकप्रद शेयर निष्काशन लागि निवेदन दर्ता गराएको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) मा पुस २६ गते हकप्रद शेयर निष्कासनको लागि निवेदन दर्ता गराएको हो ।
कम्पनीले १ बराबर शून्य दशमलव ७५ को अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासनका लागि बोर्डसँग अनुमति मागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६० करोड रहेको छ । ७५ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ ।
कम्पनीले विद्युत नियमन आयोगको स्वीकृतिपछि धितोपत्र बजारको नियामक निकाय बोर्डसँग स्वीकृति मागेको हो । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस