aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

हिमालयन रिइन्स्योरेन्स ५ करोड ३० लाखभन्दा बढी नोक्सानीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ पुस २०७९
हिमालयन रिइन्स्योरेन्स ५ करोड ३० लाखभन्दा बढी नोक्सानीमा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार रू. ५ करोड ३० लाखभन्दा बढी नोक्सानीमा रहेको छ । 

गत वर्षको पहिलो त्रैमाससम्म रू. ४ करोड ७६ लाखभन्दा बढी खुद नाफामा रहेको कम्पनी यस वर्ष भने नोक्सानीमा गएको हो । यस वर्ष आयकर वापतको रकम बढेकाले कम्पनी खुद नोक्सानीमा गएको हो । 

गत वर्ष रू. ७ करोड ९२ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीको यस वर्ष रू. ४ करोड ९४ लाखभन्दा बढी आम्दानी ऋणात्मक देखिएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ७ अर्ब रहेको छ । जगेडा कोष रकम गत वर्षको तुलनामा ५१ प्रतिशत बढेर रू. ७ करोड ८३ करोडभन्दा बढी कायम भएको छ । बीमा कोष रकममा भने उल्लेख रुपमा बृद्धि भएको छ । 

गत वर्ष रू. ४८ लाखभन्दा बढी रहेको बीमाकोष रकम यस वर्ष रू. १३ करोड ६९ लाखभन्दा बढी कायम भएको छ । यस वर्षको पहिलो त्रैमाससम्म कम्पनीले रू. १ अर्ब १९ करोड ६० लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले बीमाशुल्क आर्जन गरेको थिएन । कम्पनीले यस वर्ष रू. २ करोडभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस