
काठमाडाैं । हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रस्ताव गरेको यस वर्षको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।
उक्त लाभांश वितरणका लागि विद्युत नियमन आयोगले पुस २८ गते स्वीकृति प्रदान गरेको कम्पनीले जानकारी दिएको हो । प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति पछि पनि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७२ करोड ९५ लाख ९५ हजारको आधारमा कुल ८ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीले वार्षिक साधारण सभा भने यो पुस मसान्तभित्र सम्पन्न गर्न असमर्थ रहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस