aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

साधना लघुवित्तको बार्षिक साधरणसभा सम्पन्न, १९ प्रतिशत लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० पुस २०७९
साधना लघुवित्तको बार्षिक साधरणसभा सम्पन्न, १९ प्रतिशत लाभांश पारित

काठमाडौं । साधना लघुबित्त बित्तीय संस्था लि.को छैठौ बार्षिक साधारण सभा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष  कृष्ण बहादुर थापाको अध्यक्षतामा होटल गोरखा बिसौनीमा सम्पन्न भएको छ । उक्त साधारण सभाले  गत आर्थिक बर्ष २०७८÷०७९को नाफाबाट १९ प्रतिशत बोनश शेयर तथा २०७८÷०७९को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजी ३२,१२,२५,५०० रुपैयाँ कर प्रयोजनका लागी १ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव सर्वसम्मत  पारित गरेको छ ।

 अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाम्ने÷गाभिने तथा प्राप्ती÷सहमती सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागी उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्न,सहमति पत्रमा हस्ताक्षर भएको छ । सैद्धान्तिक स्वीकृतीका लागी नेपाल राष्ट्र बैकमा निवेदन दिन,सम्पत्ति तथा दायित्वको मूल्याकङ्गन गर्न परामर्शदाता,मूल्याकङ्गनकर्ता,लेखापरिक्षक नियुक्त गर्न र निजको पारिश्रमिक निर्धारण गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।

बार्षिक साधारण सभालाई सम्वोधन गर्न हुदै वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले कथित संघर्ष समितिको आन्दोलनले कार्यक्रम सञ्चालनमा असहज भएतापनि लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सफल भएको छ । 

आगामी दिनमा समेत लगानीकर्ताहरुलाई उत्कृष्ट प्रतिफल दिने साथै  कार्यक्रमको गुणस्तर बृद्धि गरी ग्राहक सदस्यहरुलाई उत्कृट बित्तीय सेवा प्रदान गर्न, लागी प्रतिबद्ध  रहेको बताउनुभयो । हाल बित्तीय संस्थाको ९३ बटा शाखा कार्यालयहरु मार्फत  १००,००० रुपैयाँभन्दा धेरै घर परिवारलाई प्रत्यक्ष बित्तिय सेवा प्रबाह गरिरहेको छ । 


 

प्रतिक्रिया दिनुहोस