aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आज यस्तो छ फलफूल र तरकारीको बजार मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ माघ २०७९
आज यस्तो छ फलफूल र तरकारीको बजार मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारी बजार मूल्य निर्धारण गरेको छ । समितिले आज आइतबारको लागि कृषि उपजहरुको मूल्य तोकेको हो ।    

आजको लागि तोकिएको बजार मूल्य अनुसार अंगुर कालो प्रतिकिलो न्यूनतम ३०० देखि अधिकतम ३२० सम्म रहेको छ भने अंगुर हरियो प्रतिकिलो न्यूनतम १८० देखि अधिकतम २०० रुपैयाँसम्म रहेको छ । त्यस्तै अदुवा प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म, अनार प्रतिकिलो न्यूनतम ३२० रुपैयाँदेखि अधिकतम ३५० रुपैयाँसम्म, अमला प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ ।   

त्यसैगरी, अम्बा प्रतिकिलो न्यूनतम १०० रुपैयाँदेखि अधिकतम १२० रुपैयाँसम्म, आभोकाडो प्रतिकिलो न्यूनतम ३०० रुपैयाँदेखि अधिकतम ३५० रुपैयाँसम्म, आलु रातो प्रतिकिलो न्यूनतम ३४ रुपैयाँदेखि अधिकतम ३६ रुपैयाँसम्म, इमली प्रतिकिलो न्यूनतम १४० रुपैयाँदेखि अधिकतम १५० रुपैयाँसम्म र काउली स्थानीय प्रतिकिलो न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म रहेको छ ।   

 

प्रतिक्रिया दिनुहोस