
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सुचीकृत फाइनान्स कम्पनीहरु मध्ये पाँच फाइनान्सले लाभांश घोषणा गरेका छन् । सुचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेका हुन् ।
लाभांश घोषणा गरेका कम्पनीहरुमा सेन्ट्रल फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, पोखरा फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र आइसी एफसी फाइनान्स रहेका छन् ।
सेन्ट्रल फाइनान्सले ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ६.५ प्रतिशत बोनस र ०.३४ प्रतिशत नगद गरी ६.८४ प्रतिशत लाभां दिने घोषणा गरेको हो ।
त्यसैगरी, पोखरा फाइनान्सले ४ प्रतितश बोनस र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सले २.४ प्रतिशत बोनस र ५.२ प्रतिशत नगद गरी ७.६ प्रतिशत र आइसी एफसी फाइनान्सले ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी १० प्रतितश लाभांश दिने घोषणा गरेको हो ।
प्रतिक्रिया दिनुहोस