aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अमेरिकाकी रबोनी गेब्रिएलले जितिन मिस युनिभर्सको उपाधि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ माघ २०७९
अमेरिकाकी रबोनी गेब्रिएलले जितिन मिस युनिभर्सको उपाधि

एजेन्सी । अमेरिकाकी रबोनी गेब्रिएलले ७१ औं मिस युनिभर्सको उपाधि जितेकी छिन् । उनलाई भारतका हरनाज सन्धुले ताज पहिराइन् । फस्ट रनरअप भेनेजुएलाकी अमान्डा डुडामेल र सेकेन्ड रनरअप डोमिनिकन रिपब्लिककी एन्ड्रिना मार्टिनेज भइन् ।

 यो प्रतियोगिता अमेरिकाको न्यु अर्लिन्स सहरमा भएको थियो । जसमा टप ५ मा पुग्न नसकेकी २५ वर्षीया दिविता राईले भारतको प्रतिनिधित्व गरेकी थिइन् । उनी साँझको गाउन राउन्डमा बाहिरिएकी थिइन्। यस प्रतियोगितामा विश्वभरबाट ८६ सुन्दरीहरुको सहभागिता रहेको थियो ।

दिविता शीर्ष १६ मा पुगेकी थिइन् । राष्ट्रिय पहिरन राउण्डमा दिविताले ‘सोन चिरैया’ बनेर सबैको ध्यान तानिन् । वास्तवमा, कुनै समय भारतलाई ुगोल्डेन बर्डु भनिन्थ्यो। दिविताको यो सुनौलो रंगको पोशाकले अन्तर्राष्ट्रिय मञ्चमा भारतको उही छवि देखाउने प्रयास गरेको छ ।

कर्नाटक निवासी २५ वर्षीया दिविता राई पेशाले मोडल हुन् । उनले आर्किटेक्ट पढेका छिन् । हाल उनी मुम्बईमा बस्छिन् । दिविताले २८ अगस्ट २०२२ मा मिस दिवा युनिभर्स २०२२ को उपाधि जितेकी थिइन्।

हरनाज सन्धुले १२ डिसेम्बर २०२१ मा मिस युनिभर्सको उपाधि जितेकी थिइन्। लारा दत्त सन् १९९४ मा सुस्मिता सेनपछि सन् २००० मा मिस युनिभर्स बनेकी थिइन् । भारतमा मिस युनिभर्स २०२२ प्रतियोगिता भोट एपमा स्ट्रिम गरिनेछ। 

प्रतिक्रिया दिनुहोस