aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेरुडे लघुवित्तको साधारणसभा माघ २८ गते, बुक क्लोज कहिले ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ माघ २०७९
नेरुडे लघुवित्तको साधारणसभा माघ २८ गते, बुक क्लोज कहिले ?

काठमाडौं । नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २८ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । पुस २९ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले उद्योग संगठन विराटनगर, मोरङ्गमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल २३ दशमलव १६ प्रतिशत लाभांशलाई समेत स्वीकृति प्रदान गर्नेछ । 

कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ६० करोडको आधारमा २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

उल्लेखित प्रस्तावसँगै एक वा एकभन्दा बढी अन्य कुनै उपयुक्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १७ गते एक दिन बुुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा माघ १६ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस