aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मोलुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन मंगलवार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ माघ २०७९
मोलुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन मंगलवार

काठमाडौं । पुस १९ गतेदेखि विक्रीमा आएको मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा गएका नेपाली कामदारले मंगलवार सम्म मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूसँगै आयोजना प्रभावित स्थानीयका लागि आईपीओ विक्रीमा ल्याएको हो । 

कम्पनीले जारी पूँजी रू. ८० करोड २५ लाखको १० प्रतिशतका दरको रू.  ८ करोड २ लाख ५० हजार बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको हो । त्यस्तै २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि, १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोषका लागि र ५४ हजार ५७० कित्ता शेयर कर्मचारीका लागि निष्काशन गरेको हो । 

आयोजना प्रभावित स्थानीयका लागि भने विक्री अवधि छिटोमा पुस ३ गतेसम्म रहेको थियो । यो बीचका अवधिमा तीन दिन सार्वजनिक विदा परेकाले आयोजना प्रभावित स्थानीयका लागि भने आवेदनका लागि अवधि थप हुन सक्नेछ ।

यद्यपी कम्पनीले विक्री अवधि थपको विषयमा आधिकारिक सुचना यो समाचार तयार पार्दासम्म सार्वजनिक गरेको छैन् । यस अघिको सुचनामा आयोजना प्रभावित स्थानीयमा विक्रको छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि माघ १८ गतेसम्म विक्री गरिने उल्लेख थियो ।
वैदेशिक रोजगारीमा गएका नेपाली कामदारले भने अनलाईन मार्फत आवेदन दिन सक्ने व्यवस्था रहेकाले यस  अघि तय भएको पुस ३ गतेसम्मको  अवधिनै लागू हुनेछ । 

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरीएको १० प्रतिशत शेयरमध्ये ५ प्रतिशत ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरुमा विक्री गरिनेछ भने २ दशमलव ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र २ दशमलव ५ प्रतिशत सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुमा विक्री गरिनेछ । दुबै समूहका लगानीकर्ताहरूले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ ।

कम्पनीले ओखलढुङ्गा जिल्लामा ७ मेगावाटको क्षमताको मोलुङ्गखोला जलविद्युत आयोजना निर्माण गरेको छ । कम्पनीले २०७४ साल चैत १२ गतेदेखि उक्त आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ । यस आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित रू. २० करोडभन्दा बढी रहेको छ भने आयोजनाको कुल अनुमानित लागत रू. १ अर्ब ४५ करोडभन्दा बढी रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस