
काठमाडौं । मेट लाइफ इन्स्यारेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार ४५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८० रुपैयाँसम्म बोनसदर पाउनेछन् । उक्त बोनसदर मृत्युदावी, समर्पण मूल्य दावी, चुक्ता मूल्य दावी, अवधि भुक्तानी दावी र चालु बीमा लेखहरुमा लागु हुने कम्पनीले जनाएको छ ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमा योजनामा प्रतिहजार न्युनतम ६० रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
उक्त योजना अन्तर्गत एकदेखि १५ वर्षको बीमा अवधिका लागि प्रतिहजार ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको बीमाका लागि प्रतिहजार ७० रुपैयाँ र २१ वा सो भन्दा माथिको बीमाको अवधिका लागि प्रतिहजार ८० रुपैयाँ बोनसदर कायम गरेको छ ।
त्यस्तै, शिक्षा संरक्षण योजना अन्तर्गतको बीमा योजनामा प्रतिहजार न्युनतम ६० देखि ८० रुपैयाँसम्मको बोनसदर कायम गरेको छ । यस योजना अन्तर्गत एकदेखि १५ वर्षको बीमा अवधिका लागि प्रतिहजार ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको बीमाका लागि प्रतिहजार ७० रुपैयाँ र २१ वा सो भन्दा माथिको बीमाको अवधिका लागि प्रतिहजार ८० रुपैयाँ बोनसदर कायम गरेको छ ।
कम्पनीका अनुसार अग्रिम भुक्तानी योजना अन्तर्गतको बीमा योजनामा प्रतिहजार न्युनतम ४५ रुपैयाँ देखि अधिकतम ६५ रुपैयाँ सम्म बोनसदर कायम गरेको छ । उक्त योजना अन्तर्गत एकदेखि १५ वर्षको बीमा अवधिका लागि प्रतिहजार ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको बीमाका लागि प्रतिहजार ५५ रुपैयाँ र २१ वा सो भन्दा माथिको बीमाको अवधिका लागि प्रतिहजार ६५ रुपैयाँ बोनसदर कायम गरेको छ ।
साथै, अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस