aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सगरमाथा इन्स्योरेन्सको लाभांश पारिमार्जन, बोनस शेयर कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ माघ २०७९
सगरमाथा इन्स्योरेन्सको लाभांश पारिमार्जन, बोनस शेयर कति ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । कम्पनीले यस भन्दा अगाडि १२ दशलमव ५० प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा परिमार्जन गरी १२ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको आव २०७८/७० को वित्तीय विवरण स्वीकृतिका क्रममा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट प्राप्त निर्देशन  बमोजिम पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले यस अघि प्रस्ताव गरेको लाभांशलाई परिमार्जन गरेको हो । उक्त लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीले पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस