aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दुई कम्पनीको लाभांश पुस २८ गतेसम्म कायम शेयरधनीले मात्रै पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ माघ २०७९
दुई कम्पनीको लाभांश पुस २८ गतेसम्म कायम शेयरधनीले मात्रै पाउने

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्थाले लिमिटेडले वितरण गर्ने लाभांश पुस २८ गतेसम्म कायम शेयरधनीले मात्र प्राप्त गर्न सक्ने भएका छन् । 

सरकारले आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका कारण आज माघ २ गते सोमबार शोक बिदा दिएको छ । सोही कारण आज शेयर कारोबार पनि बन्द रहेको छ । यसअघि माघ १ गते आइतवार माघेसक्रान्ति पर्व परेकोले त्यस दिन पनि सार्वजनिक बिदा थियो । 

यी दुवै कम्पनीले माघ ३ गते साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गर्ने जनाएका थिए । बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीले मात्रै लाभांश प्राप्त गर्न सक्छन् तर अहिले शेयर बजार पुस २९ गतेदेखि बन्द रहेको छ । सोही कारण पुस २८ गतेसम्म कायम यी कम्पनीका शेयरधनी मात्रै साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् । 

आँधिखोला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव पारितका लागि कम्पनीले माघ १३ गते साधारण सभा बोलाएको छ । सभा होटल गाउँबेसीको सभाहल वालिङ–८, स्याङ्जामा बिहान ११ः३० बजे शुरू हुने जानकारी दिइएको छ ।

त्यसैगरी नेको इन्सुरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव पारितका लागि कम्पनीले माघ १५ गते साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे शुरू हुने जानकारी कम्पनीले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस