aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नयाँ सारथी लघुवित्तले २० प्रतिशत लाभांश दिने, बोनस कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ माघ २०७९
नयाँ सारथी लघुवित्तले २० प्रतिशत लाभांश दिने, बोनस कति ?

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कुल लाभांशमध्ये १९ प्रतिशत बोनस शेयर र कर सहित १ प्रतिशत नगद लाभांश रहेको छ । यो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । 

कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष पनि १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस