aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश परिमार्जन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ माघ २०७९
यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश परिमार्जन

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आव २०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४५५३ प्रतिशत नगद लाभांश वितरण गरेकोमा परिमार्जन गरी ८ दशमलव ९७ प्रतिशत बोनस शेयरमात्रै वितरण गर्ने भएको हो । 

कम्पनीको आव २०७७/७८ को वित्तीय विवरण स्वीकृतिको लागि नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट प्राप्त निर्देशन  बमोजिम पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले यस अघि प्रस्ताव गरेको लाभांशलाई परिमार्जन गरेको हो । अव यो प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस