
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले लाभांशको घोषणा गरेका छन् । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयधनीहरुलाई ७.३६८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस