aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन्, रिडी पावरको लाभांश ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ माघ २०७९
कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन्, रिडी पावरको लाभांश ?

काठमाडौं । रिडी पावर कम्पनीले शेयरदर्ता किताब (बुक क्लोज) को मिति तोकेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि माघ १८ गते एक दिनका लागि शेयरदाखिला खारेज बन्द गर्ने निर्णय गरेको छ । 

जस अनुसार माघ १७ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश र सो साधारणसभामा भाग लिन पाउनेछन् । कम्पनीको साधारणसभा माघ २९ गते आइतबार हुने भएको छ कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ४० प्रतिशत बोनस शेयर र कर पयोजनका लागि २.१० प्रतिशत नगद लाभांंश दिने निर्णय गरेको छ । प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगमी साधारणसभाबाट अनुमोदन भएपछि शेयरधन्ीहरुले पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस