
काठमाडौं । शिखर इन्स्यारेन्स कम्पनीले शेयर दाखिला खारेज (बुक क्लोज) को मिति तोकेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि माघ १७ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार माघ १६ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन् ।
कम्पनीको साधारणसभा माघ २५ गते बुधबार कम्पनीको केन्द्रीय कार्यालय शिखर बिज सेन्टर थापाथली काठमाडौंमा छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले इन्स्योरेन्स कम्पनीको १७ औं र १८ औं वार्षिक साधारणसभा गर्न लागेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १६ प्रतिशत बोनस शेयर र कर पयोजनका लागि ०.८४२१ प्रतिशत नगद लाभांंश दिने प्रस्ताव पारित गर्ने छ ।
यस्तै, सभाले बीमा प्राधिकरणबाट जारी भएको बीमक गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका बमोजिम यस कम्पनी र अन्य कुनै कम्पनी एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने सन्दर्भमा समझदारी पत्र तर्जुमा गर्ने, अन्य प्रक्रिया पुरा गरी सोमा हस्ताक्षर गर्ने, सम्पूर्ण चलअचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत मर्ज हुन आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्वन गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस