
काठमाडौं । विशेष सीपयुक्त कामदार (एस एस डब्लु) अन्तर्गत जापानमा नर्सिङ्ग केयर गिभरका रुपमा जान चाहनेको लागि यही अक्टोबर २७ देखि २९, नोभेम्बर ५ देखि ७ र १२ देखि १४ परीक्षा हुने भएको छ।
जापान सरकारले सो परीक्षाको लागि पढ्यक्रम को रूपरेखा समेत सार्वजनिक गरेको छ। कुन सीपको लागि कति अङ्क भार हुने छ भन्ने समेत सोमबार एक सूचना मार्फत सार्वजनिक गरेको छ। परिक्षा ६० मिनेटमा ४५ वटा प्रश्नको उक्त लेख्नु पर्ने छ, लिखित परिक्षामा ४० वटा प्रश्न, व्यवहारीक प्रश्न १०, प्रयोगात्म परिक्षामा ५ वटा प्रश्न , शारिरिक परिक्षा २० वटा प्रश्न, दिमाग र शरिरको संयन्त्र सम्बन्धी ६ वटा प्रश्न लगातयका प्रश्नमा कम्तिमा ६० प्रतिशत प्रश्नको उत्तर मिलाउनु पर्ने हुन्छ ।
सो परीक्षाको निम्ति आवेदन दिने सम्बन्धी सूचना सेप्टेम्बर महिनाको शुरुमा जानकारी गराइने भनिएको भएता पनि हालसम्म आधिकारिक रुपमा प्राप्त नभएको श्रम मन्त्रालय का अधिकारीहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस