aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

जाजरकोटमा चट्याङ लागेर २३३ भेडा मरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ भदौ २०७६
जाजरकोटमा चट्याङ लागेर २३३ भेडा मरे

जाजरकोट । चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरेका छन् । कुशे गाउँपालिकाको पाटनमा शनिबारको हावाहुरीसँगै लागेको चट्याङका कारण २३३ भेडा मरेका छन् भने २५२ भेडा हराइरहेको कुशे गाउँपालिका–८ कफल्लाका दुर्गाबहादुर रोकायले जानकारी दिए।
    

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका छन् । यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भेडा पालन व्यवसाय हो । कुशे गाउँपालिकाका किसान, व्यावसायिक रूपमा भेडा पालेर जीविका चलाउँदै आएका छन् । भेडा मरेपछि परिवारको घरखर्च चलाउन समस्या हुने स्थानीयवासीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस