
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले पुस २० गते पारित गरेको नगद लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट कर समेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
पुस २४ गतेदेखि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश जम्मा गर्न थालिएको जानकारी दिदैं कम्पनीले आफ्नो लाभांश जम्मा भए नभएको एकिन गर्न सदस्यहरूलाई भनेको छ ।
हालसम्म पनि हितग्राही खातामा आफ्नो शेयर अद्यावधिक नगराएका तथा बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र शेयर अद्यावधिक गराउँन र बैक खाता अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ ।
पुस ५ गतेभन्दा अघिल्लो दिनसम्म आफ्नो शेयर धितो राखी कर्जा सुविधा उपभोग गरेका सदस्यहरूको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त गरेपछि मात्र बैंक खातामा जम्मा गरिने जानकारी समेत कम्पनीले दिएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस