aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सूर्यज्योतिको न्यानोपन अभियान देशभरी पुर्याइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ माघ २०७९
सूर्यज्योतिको न्यानोपन अभियान देशभरी पुर्याइने

काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी सूर्यज्योति कोन्यानोपन भन्ने अभियान संचालन गरेको छ । उक्त अभियान अन्तरतग कम्पनीले कम्बल तथा न्याने कपडा बितरण गरेको छ । सुर्यज्योतिले आफ्नो मुलमन्त्रको रुपमा अवलम्बन गरेका ७ तत्वमध्ये एक न्यानोपनलाई आत्मसात गर्दै सूर्यज्योतिको न्यानोपन मार्फत देशै भरबढिरहेको चिसोको कहरबाट बच्न राहतका लागि यो अभियान शुरु गरेको जनाएको छ । । उक्त कार्यक्रममा सूर्यज्योतिले जाडोबाट बच्नको लागी विभिन्न सावधानीका उपायहरु अपनाउन अनुरोध गर्दै कम्बल तथा न्यानो कपडा बितरण गरेकोछ।

उक्त कार्यक्रम ललितपुर क्षेत्रका क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्य तथा सातदोबाटो शाखाका शाखा प्रमुख लोईस थापाद्वारा नेपाल स्नेहीका खरसत्प्रयास नामक संस्थामा संचालन गरिएको थियो।साथै गुल्मिमा, बौद्धिक र बहिरा– अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा बितरणर माझि गाँउ बलिथुमका बिपन्न परिवारहरुलाई न्यानो कपडा बितरण गरि सम्पन्न गरिएको थियो।

लक्ष्मिनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रको प्रमुख आतिथ्य र सूर्यज्योति लाइफ इन्सोरेन्सका मधेश प्रदेशका प्रमुख दिपेन्द्र यादवको उपस्थितिमा १ सयभन्दा बढी विपन्न परिवारलाई कम्बल वितरण गरिएको कम्पनीले जनाएको छ । ।साथै जलेश्वर, लाहान र विरगंजमा पनि कम्बल वितरण कार्यक्रमहरु गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाएको छ । 
 
अभियान देशको अन्य बिभिन्न स्थानमा पनि गर्दै जाने प्रतिबद्धता जनाउँदै आफ्ना बीमितहरुले पाउने सेवा सुबिधलाई अझसुदिृढ गर्दै लैजाने कुरा प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले व्यक्त गरेका छन।
 

प्रतिक्रिया दिनुहोस