aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेशनल लाइफ इन्स्योरेन्सको २ लाखभन्दा बढी कित्ता शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ माघ २०७९
नेशनल लाइफ इन्स्योरेन्सको २ लाखभन्दा बढी कित्ता शेयर लिलामीमा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ लाख १ हजार ८२० कित्ता संस्थापक शेयर माघ ६ गतेदेखि लिलामीमा आएको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको उल्लेखित कित्ता शेयर माघ १३ गतेसम्मका लागि लिलामीमा आएको हो । प्रतिकित्ता ३५० रूपैयाँ मूल्य तोकिएको यो शेयर खरीदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति तथा संस्थाहरूले समेत आवेदन दिन सक्नेछन् ।

 कम्पनीले सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । यस अघि विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकतामा राखेर विक्री खुला गर्दा वितरण हुन नसकेपछि सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याईएको हो ।

इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस