aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

दरम खोला हाइड्रोले ३९ करोडको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ माघ २०७९
दरम खोला हाइड्रोले ३९ करोडको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

काठमाडौं । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । उक्त शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसँग सम्झौता भएको छ । 

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका छन् । दरम खोला हाइड्रो इनर्जी लिमिटेडको बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं.११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधिन ८० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस