aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

तारागाउँ रिजेन्सी होटल्सले फागुन ३ गते साधारण सभा गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ माघ २०७९
तारागाउँ रिजेन्सी होटल्सले फागुन ३ गते साधारण सभा गर्ने

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले फागुन ३ गते २६औं वार्षिक साधारण सभा बोलाएको छ । पुस २६ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयमा टुङ्गो लगाउनेछ ।

सभाले प्रस्तावित नगद लाभांशलाई पनि अन्तिम स्वीकृति दिनेछ । गत वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ८ दशमलव ४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

साथै सञ्चालक सुरेश राज जोशीको नियुक्ती, समूह “ख” बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक अरुण कुमार सराफ, सुरेश लाल श्रेष्ठ र देवेश सराफको पुनः नियुक्ती र स्वतन्त्र सञ्चालकहरुमा श्रीबत्स शम्शेर राणा, मनोज प्रसाद राजभण्डारीको पुनः नियुक्तीलाई समेत सभाले अनुमोदन गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गतेदेखि फागुन ३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिन माघ १५ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस