
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बिमांकिय प्रतिवेदन अनुसार मुनाफामा सरिक हुने बोनस दर सार्वजनिक गरेको हो ।
उक्त बोनस दर मृत्युदावी पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालू बीमा लेखमा समेत लागू हुने कम्पनीले जनाएको छ । नयाँ बोनस दर अनुसार न्यूनतम प्रतिहजार ४२ रुपैयाँदेखि ७५ रुपैयाँसम्म कायम गरिएको छ ।
नयाँ बोनस दर अनुसार सावधिक तथा आजीवन बीमालेख योजनामा न्यूनतम प्रतिहजार ६१ रुपैयाँदेखि ७५ रुपैयाँसम्म रहेको छ । त्यस्तै, सावधिक जीवन बीमालेख अन्तर्गत न्यूनतम प्रतिहजार ४५ रुपैयाँदेखि ६० रुपैयाँ र बालबालिकाको सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४४ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस दर कायम गरिएको छ ।
नव रत्न, जीवन सञ्जीवनी दम्पती सुरक्षा प्लस, एशियन वार्षिक धन लाभ योजनामा न्यूनतम प्रतिहजार ४२ रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनस दर रहेको छ । यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा न्यूनतम प्रति हजार ५० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दर कायम गरिएको कम्पनीले जनाएको छ ।
साथै बीमा प्राधिकरणबाट अर्को बिमांकिय मूल्याङ्कन स्वीकृत नभएसम्मको लागि यस कम्पनीले भुक्तानी गर्ने उल्लेखित दाबीहरूमा समेत सोही बोनस दर कायम हुने कम्पनीको भनाई छ ।
हेरौँ, विस्तृतमा
प्रतिक्रिया दिनुहोस