aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेशनल माइक्रोफाइनान्सद्धारा बम्पर लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ माघ २०७९
नेशनल माइक्रोफाइनान्सद्धारा बम्पर लाभांश घोषणा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ३८.५ प्रतिशतका दरले हुन आउने २२ करोड ५८ लाख ६९ हजार ८६४ रुपैयाँ बराबरको बोनस शेयर दिने निर्णय गरेको हो ।

लघुवित्तले साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेका कारण लाभांश कर छुट हुने व्यवस्थाले गर्दा हाल कर प्रयोजनार्थ कुनै रकम छुट्याइएको छैन । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी साधारण्सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।  

प्रतिक्रिया दिनुहोस