aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

होण्डाका दुई नयाँ आकर्षक योजना सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ माघ २०७९
होण्डाका दुई नयाँ आकर्षक योजना सार्वजनिक

काठमाडौं । होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले आफ्नो बाईकहरु होण्डा साईन र होण्डा ग्राजियामा दुई वटा आकर्षक उपहार योजनाहरु ल्याएको छ । कम्पनीले सोमबार उक्त अफरहरु सार्वजनिक गरेको हो । 

यसमा ग्राहकले अर्डर गरेका होण्डा साईनको कुनै पनि पार्टस् ९९ घण्टा भित्र पाउनेछन् । यदि उक्त समय भित्र पार्टस् आइपुगेन भने ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्नेछन् । यो छिटो सर्भिसको ग्यारेन्टी सहित लागतमा सुविधाको वैकल्पिक अफरको रुपमा रहेको छ ।

होण्डा ग्राजियाको योजनामा नयाँ होण्डा ग्राजिया खरिद गर्नुहुने ग्राहकहरुले केवल एक रुपैयाँमा तीन वर्षको लागि सर्भिसिङ्ग र स्पेयर पार्टसको लाभ लिन सक्नेछन् । ग्राहकवर्गले एकदमै न्यूनतम खर्चमा यो उत्साहजनक र सरल सर्भिस पाउन सक्नेछन् ।  
 

प्रतिक्रिया दिनुहोस