aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नयाँ हुण्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० माघ २०७९
नयाँ हुण्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘न्यु स्टाइलः न्यु स्टेटमेन्ट’ नाराका साथ नेपाली बजारमा नयाँ हुण्डाई भेन्यू सार्वजनिक गरेको छ । आफ्नो पहिलेको हुण्डाई भेन्यूको मोडलमार्फत नेपालभरका ग्राहकको ध्यान तान्न सफल रहेको हुण्डाई भेन्यूको नयाँ र परिष्कृत मोडलले कम्प्याक्ट एसयूभीको प्रतिस्पर्र्धी बजारमा नयाँ आयाम स्थापित गर्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

नयाँ भेन्यूले आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको छ । समयसापेक्ष प्रस्तुति र अत्याधुनिक विशेषताहरूसहित तयार गरिएको हुण्डाई भेन्यूले सबैको मन जित्नेमा कम्पनी विश्वस्त रहेको जनाएको छ । 

नयाँ हुन्डाई भेन्यूको प्रारम्भिक मूल्य ३९.९६ लाख कायम गरिएको छ । नेपाल सरकारले आयात प्रतिबन्ध खुकुलो पारेपछि नेपाली बजारमा लन्च भएको पहिलो गाडीहरूमध्ये एक रहेको हुन्डाई भेन्यूले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ आशा र उत्साहको सञ्चार गर्ने कम्पनीको विश्वास छ ।      

हुन्डाई भेन्यूमा उत्कृष्ट ग्राहक सेवा र आफ्टर सेल्स सर्भिस पाइन्छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरूमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको कम्पनीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस