
एजेन्सी । अटोमोबाइल कम्पनी हुन्डाई इन्डियाले भारतीय बजारमा सेडान सेग्मेन्ट पेट्रोल र सीएनजी दुबैमा चल्ने कार सार्वजनिक गरेको छ । कम्पनीले कारमा ४ वटा एयरब्याग स्ट्याण्डर्ड र ६ वटा एयरब्यागको विकल्पसहित ३० भन्दा बढी सुरक्षा फिचरहरू उपलब्ध गराउँदै आएको छ ।
कारमा क्रुज कन्ट्रोल, एलईडी टेलल्याम्प, टायर प्रेसर मोनिटरिङ सिस्टम (हाइलाइन), ईएससी, हिल स्टार्ट असिस्ट कन्ट्रोल (एचएसी) र अन्य धेरै कुराहरू पनि छन्। यसमा फायरी रेड, स्टेरी नाइट (नयाँ रंग), एक्वा टिल, टाइटन ग्रे, टाइफुन सिल्भर र पोलर ह्वाइट समावेश छन्।
कम्पनीले यो कारमा ३ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी दिएको छ । ग्राहकले यसलाई किन्नको लागि ७ भेरियन्ट विकल्पहरू पाउँछन् । जसमध्ये दुईवटा सीएनजी भेरियन्टहरू छन्। ग्राहकले रु ११,००० तिरेर बुक गर्न सक्छन्।
प्रतिक्रिया दिनुहोस