aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लुम्बिनी जनरल इन्स्याेरेन्सको लाभांश संशोधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ माघ २०७९
लुम्बिनी जनरल इन्स्याेरेन्सको लाभांश संशोधन

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको थियो । कम्पनीले यस अघि गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनमा संशोधन गरेको हो । 

माघ १० गतेको कम्पनीको सञ्चालक समितिको बैठकले ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३१ करोडभन्दा बढी रहेको छ । 

गत वर्ष ९ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो ।
 

प्रतिक्रिया दिनुहोस