
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका आईपीओ विक्री गरेको थियो ।
कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि मंसिर २७ गतेदेखि पुस १२ गतेसम्म विक्री गरेको थियो भने आयोजना प्रभावित स्थानीयमा पनि एकै दिन विक्री खुला गरी पुस १९ गतेसम्म विक्री गरेको थियो । दुबै समूहकका योग्य आवेदकहरूमा माघ १० गते शेयर बाँडफाँट गरिएको विक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ३ लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि र ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्री गरेको हो । विक्री प्रबन्धकका अनुसार ८ हजार ५९२ जना वैदेशिक रोजगारीमा गएका नेपाली कामदारबाट आईपीओ खरीदका लागि आवेदन दिएका थिए । यी मध्य ८ हजार ४०० जना आवेदकले गोलाप्रथाको माध्यमाबाट १० कित्ताका दरले शेयर पाएका छन् ।
त्यस्तै आयोजना अति प्रभावित क्षेत्र अन्तर्गतका वासिन्दाहरूलाई २५० कित्तासम्म माग गर्ने १ हजार २७० जना आवेदकलाई माग बमोजिम १ लाख ४ हना। ८९० कित्ता, ३०० देखि २ हजार ५०० कित्तासम्म माग गर्ने १११ जना आवेदकलाई २८० कित्ताका दरले ३१ हजार ८० कित्ता र ३०० कित्तादेखि माथीका १११ जनामध्ये ३ जनालाई गोलाप्रथाको माध्यमबाट ३० कित्ता गरी कुल १ लाख ३६ हजार कित्ता शेयर बाँडफाँट गरिएको छ ।
आयोजना प्रभावित क्षेत्र अन्तर्गतका वासिन्दाहरूलाई १० कित्तादेखि ३० कित्तासम्म आवेदन गर्ने २ हजार ३८३ जनलाई माग गरे बमोजिम ५० हजार ६०० कित्ता, ४० कित्तादेखि ६ हजार कित्तासम्म माग गर्ने ४ हजार ३६८ जनालाई ३० कित्ताका दरले १ लाख ३१ हजार ४० कित्ता र ४० कित्तादेखि माथी माग गर्ने ४ हजार ३६८ जनामध्ये गोलाप्रथाको माध्यमबाट २ हजार २३६ जनालाई १० कित्ताका दरले २२ हजार ३६० कित्ता गरी कुल २ लाख ४ हजार कित्ता शेयर बाँडफाँट गरिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको कुल कित्ता शेयरमध्ये अति प्रभावित क्षेत्र ईलाम जिल्लाको ईलाम नगरपालिका वडा नम्बर १० (साविकको गोदाक गाविसको १ देखि ९ सम्मका सम्पूण वडाहरु), माई जोगमाई गाउँपालिका वडा नम्बर ३,४ (साविक नाम्सालिङ्ग गाविसको १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु तथा नयाँ बजार गाविसको वडा नम्बर ५), तथा सूर्योदय नगरपालिका वडा नम्बर ११ (साविक माघेसुन्तले र तिनघरे गाविसका सम्पूर्ण वडाहरु तथा साविकको सूर्योदय गाविसको वडा नम्बर ३,४ र ५ ) का स्थानीय वासिन्दाहरुका लागि १ लाख ३६ हजार कित्ता र उक्त आयोजनाका अति प्रभावित क्षेत्र बाहेकको ईलाम जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्ने वासिन्दाका लागि बाँकी २ लाख ४ हजार कित्ता शेयर छुट्याईएको थियो ।
यस कमपनीले ईलाम जिल्लामा ६ हजार २०० किलोवाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल लागत रू. १ अर्ब ३१ करोड १५ लाख ३० हजार हुने अनुमान गरिएको छ । आयोजनाको प्रतिमेगावाट लागत रू. २१ करोड १५ लाखभन्दा बढी हुने अनुमान कम्पनीको छ ।
हाल कम्पनीमा संस्थापक तर्फबाट रू. २२ करोड २० लाख रकम चुक्ता भएको छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ जारी पश्चात दोस्रो चरणमा कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नेछ । सर्वसाधारणमा समेत आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. ३४ करोड पुग्नेछ
प्रतिक्रिया दिनुहोस