aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नुवाकोटको दुप्चेश्वरमा बीमा सम्बन्धी अन्तरक्र्रिया कार्यक्रम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ माघ २०७९
नुवाकोटको दुप्चेश्वरमा बीमा सम्बन्धी अन्तरक्र्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मङ्गलबार बागमती प्रदेशको नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकमा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बीमा कम्पनीहरू व्यवसायमा मात्र केन्द्रित नभई सेवामुखी समेत हुनुपर्ने बताए  । अध्यक्ष थापाले बीमा कम्पनीहरूलाई गाउँ गाउँमा पुर्याउन र ग्रामीणस्तरमा समेत बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरू संचालन गर्न प्राधिकरणसँग आग्रह गरे ।

दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष माकुरी तामाङले बीमाको पहुँच बढाउनका लागि गाउँपालिकाबाट ठोस नीतिगत व्यवस्थाका साथ कार्यक्रम ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले कर्मचारीहरुको दुर्घटना बीमा गरेर भए पनि गाउँपालिकास्तरबाटै बीमाको शुरूवात आग्रह गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गीता नेपाल आचार्यले बीमा सम्बन्धी प्रस्तुती गरेकी थिइन् भने सहायक प्रथम शिवप्रसाद खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस