aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सबैको लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ माघ २०७९
सबैको लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

काठमाडौं । सबैका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश घोषणा गरेको छ । माघ ११ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कुल १८ दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. २७ करोड रहेको छ । उक्त चुक्तापूँजीको आधारमा १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । 

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । गत वर्ष ३१ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ६३ प्रतिशत नगद लाभांश गरी कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरणको प्रस्ताव गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस