aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अण्डाको मूल्यमा एकरुपता ल्याउन संघले नै पहल गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ भदौ २०७६
अण्डाको मूल्यमा एकरुपता ल्याउन संघले नै पहल गर्ने

काठमाडौं । देशभर अण्डाको मूल्यमा एकरुपता ल्याउन अण्डा उत्पादक संघले पहल गर्ने भएको छ । अण्डाको मूल्यमा एकरुपता नहुँदा किसान व्यवसायबाटै पलायन हुने अवस्था आएको भन्दै संघले मंगलबार काठमाडौंमा अण्डा उत्पादक किसान र वितरकविच छलपल गरी अण्डाको मुल्यमा एकरुपता ल्याउने जानकारी गराएको थियोे । 

हाल कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट २५५ रुपैयाँ र मध्यम अण्डाको प्रति क्रेट १७० रुपैयाँ भए पनि ठाउँअनुसार मूल्य प्रति क्रेट ३० देखि ४० रुपैंया फरक रहेको संघले जनाएको छ । देशैभर अण्डाको मूल्यमा एक रुपता ल्याउन वितरकलाई निश्चित कमिसन निर्धारण गर्न लागिएको अण्डा उतपादक संघका केिन्द्रय अध्यक्ष शिवराम केसीले बताए । 

त्यस्तै, नेपाल अण्डा वितरक संघका महासचिव सुर्यमान शाक्यले भने ३ प्रतिशत भन्दा कम मुनाफामा अण्डा विक्रि वितरण गर्न नसकिने बताए । मकैको मूल्य वृद्धि भएको वहानामा दाना उद्योगले दानाको मूल्य बढाउँदा अहिले किसानले लागत अनुसारको अण्डाको मूल्य पाउन नसकेका संघका महासचिव शाक्यले बताए । प्रति गोटा अण्डा उत्पादन गर्न १० रुपैंया लागत पर्ने भएपनि अहिले किसानले ८ रुपैंया भन्दा बढी पाउन सकेका छैनन् । 
 

प्रतिक्रिया दिनुहोस