aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सुपर मादी हाइड्रोपावरको आईपीओमा मागभन्दा करिब ९ गुणा बढी आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ माघ २०७९
सुपर मादी हाइड्रोपावरको आईपीओमा मागभन्दा करिब ९ गुणा बढी आवेदन

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ अन्तिम दिनसम्म १३ लाख ५७ हजार ७४५ जनाले भरेका छन् । सिडिएस एण्ड क्लियरिङ् लिमिटेड (सिडिएससी) दिएको जानकारी अनुसार यी आवेदकहरूबाट १ करोड ५५ लाख ६२ हजार २१० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा करिब ९ गुणा बढी आवेदन हुन आउछ ।

कम्पनीले सर्वसाधारणमा माघ ९ गतेदेखि १२ गतेसम्म १७ लाख ४३ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको हो । सर्वसाधारणमा कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रूपैयाँको १० प्रतिशत अर्थात् २१ करोड रूपैयाँ बराबरको २१ लाख कित्ता शेयर छुट्याएको थियो ।

 सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूमा र १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याएर बाँकी शेयर कम्पनीले सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो ।

 सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको कम्पनीको आईपीओ १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले हात पार्नेछन् । आवेदकको संख्यालाई हेर्दा ११ लाख ८३ हजारभन्दा बढीको हात खाली हुने देखिएको छ । 
 

प्रतिक्रिया दिनुहोस