aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सूर्यज्योति लाइफको नयाँ बोनसदर सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ माघ २०७९
सूर्यज्योति लाइफको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । यो कम्पनी अन्तर्गत साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्ष ०७८/७९ को  मुनाफामा सरिक हुने गरी बोनस दर निर्धारण गरिएको हो । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई गत कात्तिक ७ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन । 

साविक सूर्या लाइफ इन्स्योरेन्सले विभिन्न पाँच जीवन बीमालेख विक्री गरेको छ । यी बीमालेखमा न्यूनतम प्रतिहजार रू. ४० देखि अधिकतम रू. ९० सम्म बोनस दर तय गरिएको छ । कम्पनीले सावधिक बीमालेख योजनामा ९ वर्ष अवधिसम्मको लागि रू. ४०, १० देखि १४ वर्ष अवधिसम्मको लागि रू. ४१, १५ देखि १९ वर्ष अवधिसम्मको लागि रू. ४५, २० देखि २४ वर्ष अवधिको लागि रू. ५४ र ३० वर्ष भन्दा बढि अवधिको लागि रू. ७० बोनस दर कायम गरेको हो ।

त्यस्तै सावधिक तथा आजिवन बीमालेखमा ९ वर्ष अवधिको लागि रू. ४० ,  १० देखि १४ वर्ष अवधिसम्मको लागि रू. ४२, १५ देखि १९ वर्ष सम्मको लागि रू.४६, २० देखि २४ वर्षसम्मको अवधिलाई रू. ५६, २५ देखि २९ वर्ष अवधिसम्मको लागि रू. ६० र ३० वर्ष भन्दा माथिका ेअवधिको लागि रू. ७० बोनसदर निर्धारण गरिएको छ ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेखमा १० देखि १९ वर्ष अवधिसम्मको लागि रू. ४२, २० देखि २४ वर्ष अवधिको लागि रू. ५२ र २५ देखि २९ वर्षसम्मको लागि रू. ६० बानेस दर तोकेको छ । चौरासी पूजा नियमित भुक्तानी बीमालेखमा कम्पनीले १० देखि १४ वर्ष अवधिसम्को लागि रू. ४५, १५ देखि १९ वर्ष अवधिको लागि रू. ५०, २० देखि २४ वर्ष अवधिको लागि रू. ५५,  २५ देखि २९ वर्ष अवधिको लागि रू. ६५ र ३० वर्ष र सो भन्दा माथिको अवधिको लागि रू. ७० बोनस दर निर्धारण भएको छ ।

चौरासी पुजा एकल भुक्तानी अन्तर्गत १० देखि १४ वर्ष अवधिको लागि रू. ७५, १५ देखि १९ वर्षको लागि रू. ८०, २० देखि २४ वर्षसम्मको लागि रू. ८५, २५ वर्ष देखि २९ वर्ष अवधि र ३० वर्ष भन्दामाथिको अवधिलाई रू.  ९० बोनस दर निर्धारण गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले निर्धारण गरेको अधिकतम बोनस दरको बीमालेख जम्म २ ओटा मात्र विक्री भएको छ । पाँच जीवन बीमालेखमध्ये सावधिक बीमालेख अन्तरर्गत प्रतिहजार रू. ४५ बोनस दर रहेको १५ देखि १९ वर्ष अवधिको बीमालेख सर्वाधिक ८० हजार ४७४ ओटा विक्री भएको छ ।
 

प्रतिक्रिया दिनुहोस