aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेको इन्सुरेन्सको २७ औं वार्षिक साधारण सभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ माघ २०७९
नेको इन्सुरेन्सको २७ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेको इन्सुरेन्स  लिमिटेडको आइतवार २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ  । सभा लिसरा रिसेप्सन नक्साल काठमाडौंमा सम्पन्न भएको हो ।  

सभाले  १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते एक दिन बुक क्लोज गरेको थियो । यस आधारमा पुस २८ गतेसम्म कायम शेयरधनी लाभांश पाउन योग्य छन् ।
 

प्रतिक्रिया दिनुहोस